back
NMB ad

कोरोनाको उपचारमा खटिने कर्मचारीलाई तलबमा थप ५० प्रतिशत भत्ता दिने निर्णय

Kumari bank ad

जाजरकोट । नलगाड नगरपालिकाले कोरोना भाइरसको रोकथाम र उपचारका लागि खटिने कर्मचारीलाई खाइपाई आएको तलबमा थप ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद व्यवस्थाप कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने, कोरोनाविरुद्धको अभियानमा खटिएका कर्मचारीलाई खाइपाई आएको तलबमा थप ५० प्रतिशत जोखिम भत्ता दिने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तीन हजार रुपैयाँ जोखिम भत्ता दिने, ड्युटीमा खटिने सुरक्षाकर्मीलाई दुई हजार ५०० रुर्पयाँ खाजा भत्ता उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

यस्तै, नगरपालिकाका भुमिहीन, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरेको छ। त्यस्तै, कोरोना रोकथामका खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि पाँच लाख रुपैयाँ जीवन बिमा बापतका लागि रकम छुट्याइएको छ।

त्यस्तै, औषधि उपचारका लागि ५० हजार रुपैयाँ समेत बिनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिए। त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय समेत गरिएको छ।

आवश्यक औषधि खरिद गर्नका लागि व्यवस्थापन गर्ने समेत नगरप्रमुख टेकबहादुर रावलले बताए। वडा वडामा रहेका समितिलाई थप प्रभावकारी बनाउका लागि अनुगमन तथा निगरानी समेत गरिने उनले बताए । –रासस

वि.सं.२०७६ चैत १८ मंगलवार ०९:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...