back
NMB ad

धनगढीमा आइसियूमा उपचार गराइरहेका युवकको मृत्यु

Kumari bank ad

धनगढी । धनगढीमा सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गराइरहेका भारतीय नागरिकको मृत्यु भएको छ । धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियूमा उपचार गराइरहेका २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको हो ।

माया मेट्रो अस्पतालले कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ । अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बिहीबार आइसियूमा राखिएका उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको बताए ।

उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बिहीबार राति अस्पताल पुर्याएको थिए । अस्पतालका अनुसार युवकमा मधुमेह (सुगर)को समस्या देखिएको थियो । उनलाई निमोनिया भएको आशंका गरिएको छ । आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लिनीकमा सामान्य परीक्षणपछि सेती अस्पताल ल्याएको बताए ।

एक दिन सेती अस्पतालमै भर्ना भएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आइसियूमा राख्नुपर्ने सुझाएका थिए। तर सेतीमा आइसियू खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल र्पुयाएका हुन्।

यसैबीच मृतकको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोनाको लक्षण नदेखिए पनि भारत शव लैजादा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गर्न लागिएको हो । उनको स्वाब संकलनका लागि सेती अस्पतालबाट स्वास्थ्यकर्मी पुगिसकेको अस्पतालले जनाएको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १३:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...