back
NMB ad

तराई मधेश विशेष कार्यक्रमका लागि सरकारले छुट्यायो २५ अर्ब

Kumari bank ad

काठमाण्डौं । सरकारले ‘सम्मृद्ध तराई-मधेस विषेश कार्यक्रम’ सञ्चालन गर्न २५ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । सरकारले सिंचाई मन्त्रालय मार्फत् तराईका सबै जिल्लासहित भित्री मधेसका उदयपुर, मकवानपुर, दाङ र चितवन गरी २२ जिल्लामा आधुनिक सिँचाइ सेवा उपलब्ध गराउन विषेश कार्यक्रम सञ्चालनको प्रस्ताब गरेको हो ।

मन्त्रालयले गरेको प्रस्ताबअनुसार प्रत्येक जिल्लामा प्रत्येक वर्ष कम्तिमा ८ देखि १२ ओटा गरी १३ सय ओटा ताल-तलैया तथा पोखरी पुनस्थापना गर्ने कार्यक्रम छ । त्यसैगरी, प्रत्येक जिल्लामा प्रतिवर्ष कम्तिमा एक हजारदेखि १५ सय वटा गरी जम्मा ३५ सयवटा स्याल्लो ट्युववेल र ५ देखि ८ वटा गरी जम्मा ६ सय वटा ‘डीप ट्युववेल’ निर्माण गर्ने प्रस्ताब छ ।

स्यालो तथा डीप ट्युववेलवाट ९४ हजार हेक्टर, ताल-तलैया तथा इनारबाट १७ हजार हेक्टर तथा अन्य सतह सिँचाइका योजनाहरुको निर्माणबाट १७ हजार ५ सय हेक्टर कुल १ लाख २८ हजार ५ सय हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने मन्त्रालयले जनाएको छ । यसबाट कृषियोग्य जमिनमा सिँचाइ सेवा थप व्यवस्थित र भरपर्दो भई कृषि उत्पादन दोब्बरले बढ्ने मन्त्रालयले विश्वास लिएको छ ।

७ बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख ७ मंगलवार ११:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...