back
NMB ad

जब क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले मृत शिशु जन्माइन्…

Kumari bank ad

ओखलढुंगा । उदयपुरको त्रियुगा नगरपालिका २ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् ।

उमेर १६ वर्ष बताउने ती युवती क्वारेन्टाइनमा बस्न आउँदा अनुहारमा मलिनता र बिरामी जस्तो देखिन्थिन् । उनलाई क्वारेन्टाइनमा खटिने महिला स्वास्थ्यर्मीले आराम गर्न भनेपछि त्यो रात उनले क्वारेन्टाइनमै आराम गरेर बिताइन् ।

भोलिपल्ट दिउँसो उनलाई एक्कासी पेट दुख्न थाल्यो । एकैछिनमा शरीरबाट रगत बग्न थाल्यो र त्यहाँ खटिएका स्वास्थाकर्मीहरुले गाडीमार्फत अस्पताल पठाउने तयारी गर्दागर्दै शौचालयमा गएर उनले मृत शिशु जन्माइन् । अविवाहित युवतीले मृत शिशु जन्माएपछि त्यहाँ रहेका सबै कर्मचारीहरु आश्चर्य चकित भए ।

‘बच्चा हेर्दा करिब ६ महिना जतिको देखिन्थ्यो’ गाउँपालिकाका स्वास्थ्य संयोजक बेदहरि दाहालले भने । उनले बच्चाको अवस्था हेर्दा युवतीको पेटभित्रै दुई दिनदेखी बच्चा मरेको हुनसक्ने अनुमान गरे ।

त्यसपछि मृत बच्चालाई प्रहरीले सर्जि्मिन मुचुल्का गरी पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटार पठायो भने महिलालाई उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा राखियो । तर जिल्ला अस्पतालले उक्त मृत शिशुको पोष्टमाटम गरेको छैन ।

तर ती युवतीले उक्त शिशु कसरी भयो भनेर आफुलाई थाहा नभएको बताइन् । उनले उदपुरबाट घर आउन हप्तादिन अघिमात्रै एकजनाले औषधी दिएको बताइन् । उनी ७ महिनादेखी उदयपुरमा बस्दै आएकी थिइन् । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा आईशोलेसनमा राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको अस्पतालका निर्देशक युवराज आचार्यले बताए ।

उनले जन्माएको मृत बच्चाको भने कोरोना त्रासका कारण जिल्ला अस्पताल रुम्जाटारले पोष्टमाटम गरेको छैन । ‘युवती कोरोना फैलिएको छेत्रबाट ९ गतेमात्रै जिल्ला आएको बुझियो, उनको कोरोना परीक्षण पनि भएको छैन,यस्तो अवस्थामा हामीले कसरी उनले जन्माएको बच्चाको पोष्टमाटम गर्नसक्छौ ?’ अस्पतालका सूचना अधिकारी उमा गुरुङले भनिन् ।

युवतीको कोरोना परीक्षणपछि मात्र बच्चाको पोष्टमाटम गरिने उनले दोहो¥याईन् । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले अनुसन्धान भैरहेको प्रतिकृया दिए । ‘यो गम्भीर अपराध हो, अहिले उनी (युवती) अस्पतालमा उपचाररत छिन् उनको डिस्चार्जपछि थप सोधपुछ गरिनेछ’ खड्काले भने । रामहरि श्रेष्ठ/रातोपाटी

वि.सं.२०७७ वैशाख ११ बिहीवार १८:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...