काठमाडौं । लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ ।
सरकारले यसअघि वैशाख २५ गतेसम्म तिरेमा जरिबाना नलाग्ने सबै शीर्षकका करको समयावधि ५ गतेसम्मको लागि बढाएको छ ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १८:५८ मा प्रकाशित