back
NMB ad

लकडाउनको मोडालिटी तयार गर्न उच्चस्तरीय समितिको बैठक, यस्तो छ अगामी स्वरुप

Kumari bank ad

काठमाडौं । लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक सोमबार अपरान्ह बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २ बजे बोलाइएको बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनले पारेको असरबारे छलफल तथा समीक्षाा हुनेछ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा लकडाउनको आगामी स्वरुपबारे विज्ञहरुसँग परामर्श गरिने उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । ४२ दिनदेखि निरन्तर लागु गरिएको लकडाउनको पछिल्लो अवधि २५ वैशाख सकिँदैछ ।

लकडाउनलाई केही खुकुलो बनाउन विकल्पबारेमा गृहकार्य भए पछि अझै टुंगो लागेको छैन। राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा जाँचलाई कडाइ गरेर राजधानीभित्र समय तोकेर निश्चित क्षेत्रका लागि केही खुलाउने वा खुकुलो बनाउन विभिन्न क्षेत्रबाट सरकारलाई दबाब दिइएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकमा पनि लकडाउनको स्वरूपका बारेमा छलफल भएको थियो।

सरकारले कोरोना संक्रमणको खतरा बढ्दै गएपछि पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउनको निर्णय गरेको थियो। त्यसपछि सरकारले पटकपटक लकडाउनलाई लम्बाउँदै आएको छ।

छिमेकी भारतमा वैशाख २१ सम्म लागु गरिएको लकडाउन जोखिम कायमै रहेकोले थप दुई हप्ता लम्बाइएको छ। भारतमा लकडाउन कायम हुँदै यता खुकुलो बनाउँदा वा खुलाउँदा खुला सीमाका कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन लम्बाउने रणनीतिमा छ।

खासगरी नेपालगञ्जमा एकैदिन १५ जनाका कोरोना पुष्टि भएपछि समुदायस्तरमा संक्रमण बढ्ने जोखिम देखिएको छ। शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारी बनेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर ३५ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

अहिले सम्म २ लाख ४७ हजार बढीको मृत्यु भइसकेको छ। अधिकांश देशहरु कोरोना भाइरसको संक्रमणबाट प्रभावित भइसकेका छन्। नेपालमा पनि ७५ जनामा कोरोना पुष्टि भइसकेको छ।(अन्नपूर्ण पोष्टबाट)

वि.सं.२०७७ वैशाख २२ सोमवार १३:५२ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...