back
NMB ad

नेपालमा पछिल्लो २४ घण्टामा भेटिएनन् नयाँ कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

Kumari bank ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् ।

निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट ५४ हजार ९३ वटा परीक्षण भइसेका छन् । पछिल्लो २४ घण्टामा १४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् ।

क्वारेन्टाइनमा १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा उपत्यकामा तीन जनासहित कूल १३३ जना रहेका छन् । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।

नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयको भनाइ छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...