back
NMB ad

अब करको दर होइन दायरा बढाइनेछ : अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताउनुभयो ।

आइतबार सङ्घीय संसदमा आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा मन्त्री खतिवडाले कोरोनाको विश्व महामारीका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थान गर्न र उच्च चपेटामा परेका निजी क्षेत्रको समस्या सम्बोधन गर्न सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

सोही क्रममा मन्त्री खतिवडाले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर छुट तथा सहुलियतका कार्यक्रमहरु समेत सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्ये निजी क्षेत्र पनि एक प्रमुख क्षेत्र रहेकाले सो क्षेत्रको उत्थानका लागि सरकारले आन्तरिक तथा बाह्य लगानीलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समेत ल्याउन लागेको खतिवडाले बताउनुभयो ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १३:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...