back
NMB ad

कोरोना संक्रमित बढ्न थालेपछि कपिलवस्तु सिल, किनमेलका लागि तोकियो समय ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि जिल्लालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सुरक्षा समितिको बैठकबाट आज साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन् ।

जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको प्रजिअ पौडेलले बताए । खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १७:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...