back
NMB ad

प्रदेश ५ मा ४९ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रवेश गर्ने सबै नाका ‘सिल’

Kumari bank ad

काठमाडौं । कर्णाली प्रदेश सरकारले सबै नाका अनिश्चित कालका लागि ‘सिल’ गरेको छ । कोरोना भाइरसको जोखिम बढे पछि कर्णाली प्रदेश प्रवेश गर्ने नाका अनिश्चितकालका लागि गरिएको हो ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा आवतजावत अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिए ।

प्रदेश ५ मा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म बाँकेमा २७, कपिलबस्तुमा १६ र रुपन्देहीमा ६ जनामा कोरोना पुष्टि भइसकेको छ ।

खाद्यान्नसहित अत्यावश्क वस्तुका गाडीलाई भने निगरानीमा राखेर प्रवेश गर्न दिइने छ। सीमा जोडिएको प्रदेश ५ को कपिलबस्तु, रुपन्देही, बाँके लगायतका जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आफ्नो प्रदेशमा पनि जोखिम बढेको निष्कर्षमा कर्णाली प्रदेश सरकार पुगेको छ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०९:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...