back
NMB ad

लिपुलेकमा सेनाको हेलिकप्टरमार्फत जाँदै सशस्त्र प्रहरी

Kumari bank ad

नारायण ढुङ्गाना, काठमाडौं । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ ।

गृहमन्त्रालयका अनुसार बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार दोलीलाई सेनाको हेलिकप्टरले छाङरु पु¥याउने छ ।

चारदिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपु भञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ ।

आज टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने छ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।

सरकारले गत मङ्सिरमा नै यहाँ विओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ विओपी थियो । मङ्सिरमा सरकारले ११४ विओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसपछि जम्मा १३ स्थानमा मात्रै विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारी निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा विओपी राख्ने निर्णय भएको थियो ।

हुम्लाको हिल्सा, मुस्ताङको कोरला, दार्चुलाको छाङरु, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः विओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । अहिले भने भारतले सीमा अतिक्रमण गरेपछिमात्रै तातो लागेर छाङरुमा विओपी राख्न लागिएको हो ।

हाल कायम रहेको १२० स्थानमा सशस्त्रको सीमा निगरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ सशस्त्र प्रहरी रहेका छन् । एक सुरक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको दूरीमा रहेको छ । यसलाई दूरी घटाउनुपर्ने आवश्यकता छ ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले हाल अस्थायीरुपमा सीमा क्षेत्रमा खटिएका सशस्त्र टोलीलाई स्थायीरुपमा राख्नका लागि आवश्यक प्रक्रिया शुरु भएको बताइसकेका छन् ।

सशस्त्रका टोली पठाउन गृह मन्त्रालयले नेपाली सेनाको एमआई १७ हेलिकप्टर चार्टर गरेको छ । मौसम अनुकूल भएमा बुधबार हेलिकप्टर उड्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

अहिले कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण सरकारले सशस्त्रको अस्थायीसहित सीमा क्षेत्रमा एक हजार २१३ निगरानी पोष्ट स्थापना गरेको छ । सीमावर्ती जिल्लामा १४ हजारबाट बढाएर २२ हजार ५०० सशस्त्र प्रहरीको फौज परिचालन गरिएको छ । -रासस

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...