back
NMB ad

प्रधानमन्त्रीद्वारा नर्सिङ दिवसको शुभकामना

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा ‘विश्व नर्स दिवस’को शुभकामना व्यक्त गर्नुभएको छ।

आज उहाँले ट्वीट गर्दै विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।यसैगरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ सेवालाई अझ परिस्कृत गर्न थप लगानी आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले विश्व स्वास्थ्यका लागि नर्सिङ सेवाको नेतृत्व आवश्यक भएको हुँदा राज्यको सबै तहबाट यस सेवालाई अझ परिस्कृत गर्न थप लगानी गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

सन्देशमा उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को कारण विश्व नै आक्रान्त रहेको यस अवस्थामा स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा रही सेवारत सम्पूर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गर्नुभएको छ ।

‘नर्सहरूले गर्नुभएको अहोरात्र सेवाले धेरैजना बिरामी स्वास्थ्यलाभपश्चात् घर फर्किसक्नुभएको छ’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘आफू उच्च जोखिममा रहेर पनि आमनागरिकलाई यस रोगका साथै अन्य स्वास्थ्य समस्या आउन नदिन खट्नुभएका सम्पूर्ण नर्सप्रति थप उच्च मनोबलका साथ कार्य गर्न ऊर्जा मिलोस् भन्ने कामना गर्दछु ।’

उहाँले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच, स्वास्थ्य बीमा, भत्तालगायत अन्य सुविधा नेपाल सरकारको व्यवस्था भन्दै भविष्यमा अझ उत्प्रेरणा बढाउन विभिन्न सुविधा थप गर्दै जाने बताउनुभयो ।

उहाँले यस विषम परिस्थितिमा थप हौसला र उच्च मनोबलका साथ बिरामीको सेवामा अहोरात्र खट्नुहुने सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सप्रति आभार प्रकट गर्नुभएको छ ,

वि.सं.२०७७ वैशाख ३० मंगलवार १७:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...