काठमाडौं । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ । आज बुधबार विहान पहिलो चरणमा काठमाडौंबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छाङरु उडेको हो ।
छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट(बीओपी) स्थापना गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतले बताएको छ । उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार ०८:०४ मा प्रकाशित