back
NMB ad

जहाँ नेपाली फोन सेवा नै छैन …..

Kumari bank ad

इलाम । इलामका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन्।

नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन्। जिर्मलेको १, २ र ३ नम्बर वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ। तीन वडा सञ्चारकै पहुँच बाहिर छन्, स्थानीय शमशेर राईले भने, अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन।

तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका १, २ र ३ का बासिन्दाले वर्षौंदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ। स्थानीयवासी यामप्रसाद अधिकारीले भने,भारतीय मोबाइल भएपनि जिल्लाकै अन्य ठाउँमा फोन गर्नुपर्यो भने निकै दुःख झेल्नुपर्छ। नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा सम्पर्क नहुने समस्या भएकाले सानो कामको लागि पनि धाउनुपर्ने बाध्यता छ।

कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ। उनीहरु महङ्गो भएपनि भारतीय सिमकार्ड चलाउन बाध्य छन्। गाउँमा भारतीय मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन्। यहाँ भारु १० को कार्ड खरिद गर्दा ३० रुपैयाँसम्म तिर्नुपर्छ, स्थानीयवासी कुमार मोक्तानले भने। झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन्।

सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ। तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन। मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ।

नेपाल टेलिकम इलाम शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले चालु आर्थिक वर्षमा जिल्लाका पाँच ठाउँमा बिटिएस टावर राख्ने र यसमा सलकपुरलाई पहिलो प्राथमिकता दिने बताए।

प्रकाशितः २०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...