काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । मन्त्री यादवलाई हृदयघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।
उहाँलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएको बताइएको छ ।उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १४:२४ मा प्रकाशित