back
NMB ad

गृह मन्त्रालयले दियो यस्तो चेतावनी ! (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य सम्वन्धी सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो दिनहरुमा कोरोना संक्रमण बढ्दो रुपमा रहेकाले यसको जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यर्मीलाई डेराबाट निकाल्ने घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार विज्ञप्ति प्रकासित गरी गृहले कठिन परिस्थितिमा सुरक्षा सतर्कताको नाममा स्वास्थ्यकर्मीलाई विभिन्न दबाब दिने गरिएको उल्लेख गरेको छ ।
स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अमानवीय कार्यहरु भइरहेकोप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस खालका अवाञ्छित क्रियाकलाप कुनै पनि निकाय वा व्यक्तिबाट नगर्नरनगराउन आग्रह गर्दै यस्तो गरेको पाइएमा नेपाल सरकारको संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।

वि.सं.२०७७ जेठ ४ आइतवार २१:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...