back
NMB ad

३ स्वाथ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

Kumari bank ad

धनकुटा । धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । जसमध्ये ६६ जनाको रिपोर्ट आएको धनकुटा अस्पतालले जनाएको छ ।

रिपोर्टमा रिपोर्टमा ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको र बाँकी १७ जनाको बुधवारसम्म रिपोर्ट आइसक्ने अस्पताले जानकारी दिएको छ।थपिएका नयाँ संक्रमित मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी, र ३७ वर्षका यसअघि संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मी परिवारका सदस्य र ३५ वर्षका सुरक्षाकर्मी छन् ।

धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वस्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो ।

उनी अहिले विराटनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए।  संक्रमितलाई वुधबार बिहान विराटनगर स्थित कोरोना विशेष अस्पतालमा पठाइने उनले बताए । -अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ जेठ ७ बुधवार ०७:५२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...