back
NMB ad

लकडाउन ५ चरणमा खुकुलो बनाउने सरकारकाे तयारी अन्तिम चरणमा, असार १ बाट लागू हुने

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ ।

त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरूले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको ५ चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरू र विभिन्न मन्त्रीहरूबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा ५ चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले ५ चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ ।

सचिव विडारीले आइतबार मोडालिटीको मस्यौदा प्रधानमन्त्रीसामु प्रस्तुत भएपछि आएका सुझावहरूका आधारमा संशोधन गरेर अन्तिम रूप दिन लागिएको बताए ।

५ चरणमा लकडाउन खुकुलो बनाउने मोडालिटीमा हरेक दुई सातामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आर्थिक र सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै लैजाने उल्लेख छ । ‘प्राविधिक टोलीले अध्ययन गरिरहेको कारणले गर्दा कहिले नै कुन चरणमा के हो भन्नु कुरा भन्न सकिन्न,’ सचिव विडारीले भने, ‘प्राविधिक कुराहरू संशोधन गर्न चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरू खटिइरहनुभएको छ । उक्त कार्य छिट्टै टुंगिन्छ ।’

स्रोतका अनुसार आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीसामु एक मन्त्रीले सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको सवालमा राजनीतिक रूपमा सफल नेतृत्व गर्न नसकेको गुनासो गरेका थिए । तर, प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वमा नभई सरकारी निकायहरूबीचमा राम्रो समन्वय नहुँदा मात्र केही समस्या देखा परेको बताएका थिए । -कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ जेठ २७ मंगलवार ०८:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...