back
NMB ad

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

Kumari bank ad

काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको भारतले जनाएको छ ।

यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ । ५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहान मात्र गर्थे । हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन् । तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच सीमाको विषयलाई लिएर विवाद चर्किएको थियो । भूमिको विवाद चलिरहेका बेला वार्ता र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडान मिल्न सकेको थिएन ।

चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् ।-राजधानी दैनिकबाट

वि.सं.२०७७ असार ३ बुधवार ०७:४५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...