back
NMB ad

असार ७ भित्रै सरकारलाई कर तिर्न बैंकहरु तयार

Kumari bank ad

काठमाडौं । बैंकहरु सरकारलाई असार ७ भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न तयार भएका हुन् ।

अर्थ मन्त्रालयको आग्रहमा बैंकर्स बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

‘सरकारले असार ७ गतेसम्म कर तिर्न भनेको थियो । हामीले हाम्रो क्षेत्रभित्र रहेका बैंकहरुलाई त्यही समयभित्रै कर तिरिदिऔं भनेर आग्रह गरेका हौं’ शर्माले भने, ‘यो निर्णय होइन, आग्रह मात्रै हो
।’
बैंकर्स संघको आग्रह बमोजिम सबै बैंकहरु कर तिर्न तयार भएका छन् । ‘जहिले तिरे पनि तिर्ने नै हो, हामीलाई कर तिर्न समस्या पनि पनि छैन, त्यसैले सबैजसो बैंकहरु चैतसम्मको कर चुक्ता गर्न सहमत हुनुहुन्छ’ संघका एकजना सदस्यले भने ।

सरकारले असार ७ गतेसम्म कर तिर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतले कर नउठाउन आदेश दिएसँगै अहिले व्यवसायीहरुले कर तिरेका छैनन् । सरकारले आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज भएसँगै असार मसान्तको बेलामा सरकारलाई स्रोतको संकट सुरु भएको छ ।

वि.सं.२०७७ असार ४ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...