back
NMB ad

जिरीको चिया विदेशी बजारमा

Kumari bank ad

जिरी । जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ ।

जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा एक हजार २०० किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको कम्पनीका सेयर सदस्य मिठाबहादुर जिरेलले बताउनुभयो ।

मासिक रुपमा हाल ४०० किलो चिया विदेशी बजारतर्फ पठाउँदा वार्षिक १४ लाख ४० हजार रुपैयाँ विदेशी मुद्रा जिरीमा भित्रने गर्दछ । कम्पनीले चिया सिधै विदेशी बजारमा नपु¥याई एजेन्टमार्फत विदेशी बजारमा चियालाई निर्यात गदै आएको छ । जिरीमा भित्रिने गरेको मूल्य विदेशी बजारको मूल्य नभई कम्पनीको मूल्यअनुसार प्रतिकेजी एक हजार २०० रुपैयाँको दरले हुन आउने रकम हो ।

एजेन्टले कम्पनीको मूल्यभन्दा केही बढीमा विदेशी बजारमा पठाउने हुनाले अझ बढी नै विदेशी मुद्रा जिरी भित्रिने गर्दछ । तर चियालाई विदेशी बजारसम्म लैजाने एजेन्टमार्फत कति भित्रन्छ भन्ने यकिन भने छैन । जिरेलका अनुसार वार्षिक एक हजार ६०० किलो चिया जिरीमा उत्पादन हुने गर्दछ जसअन्तर्गत एक हजार दुई किलो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ भने बाँकी जिरी र राजधानी लगायतका बजारमा प्रयोग गरिन्छ ।

जिरी नगरपालिका–७, कलङको ६०० रोपनी क्षेत्रफल र जिरी नपा–४ रातमाटेमा १५० रोपनी क्षेत्रफलमा लगाइएको चिया खेती शुद्ध अर्गानिक भएको कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको हो । जिरीमा नै उत्पादन गरिएको जिरी टीमा कुनै पनि रासायनिक पदार्थ मिसावट नहुने कारण जिरीको चिया अत्यन्त मीठो र शरीरका लागि लाभदायक हुने कम्पनीका अर्का सेयर सदस्य नुर्वु शेर्पाको दाबी छ ।

चिया खेतीलाई कृषकले व्यावसायिक रुपमा गर्न सके यसको बजार राम्रो रहेकाले कुनै घाटा नहुने शेर्पाको धारणा छ । तर चिया खेती गर्दा विशुद्ध अर्गानिक हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

हाल कम्पनीले चारजना स्थानीयवासीलाई रोजगार दिएको छ भने चियाको याममा करारमा स्थानीयवासीलाई कामदारका रुपमा प्रयोग गर्ने गरेको छ । जिरीको चिया जिरी बजारमा रहेका ठूला होटलले बढी प्रयोग गर्ने गरेका छन् भने राजधानीमा पनि यसको माग बढ्दै गएको छ ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...