back
NMB ad

पौने २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत

Kumari bank ad

काठमाडौं । लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

यीमध्ये पाँच वटा जलविद्युत र २ वटा सिमेन्ट कारखानाको लगानी रहेको छ । बैठकले ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि ७८ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानीलाई स्वीकृति दिएको छ ।

यस्त,ै ४२ दशमलव ९ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको लागि ६ अर्ब ३० करोड, ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ३१ करोड, ९७ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युतको लागि २८ अर्ब ६ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यस्तै दाङ सिमेन्ट इन्डस्ट्रिजको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट परियोजनाको लागि १५ अर्ब ५ करोड रुपैयाँ वैदेशिक लगानी पनि स्वीकृत भएको छ ।

लगानी बोर्डको बोर्ड बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २० मेगावाट स्टोरेज क्षमतासहितको १५ मेगावाटका २ वटा सौर्य उर्जा परियोजनाको लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति दिएको छ । यो परियोजना सार्वजनिक निजी साझेदारी मोडलको परियोजना हो ।

वि.सं.२०७७ असार ६ शनिवार १०:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...