back
NMB ad

आजैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी (सूचनासहित)

Kumari bank ad

काठमाडौं । कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक सूचनामा आज असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेको हो ।चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदी सहितका चार किल्ला कायम गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड कमाण्ड नियन्त्रण समितिको वैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको वैठकको निर्णय अनुसार यो निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजन्सी बाहेक सवै सेवा बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु सवैको स्वाब लिइएको जनाईएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका ४ जना र १ जना अन्य गरी ५ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्तकता अपनाईएको हो ।

वि.सं.२०७७ असार १० बुधवार १६:०२ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...