काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुग्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेको जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदय केन्द्र पुग्नुभएको हो’, सल्लाहकार थापाले भन्नुभयो । यसअघि उहाँ बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित हुनुभएको थियो ।
वि.सं.२०७७ असार १७ बुधवार १७:३३ मा प्रकाशित