back
NMB ad

टोकियोमा ‘म्युजिक मेला’ को सम्पुर्ण तयारी पुरा, कलाकारहरु आज जापान जाँदै

Kumari bank ad

टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

म्युजिक  मेलाको सम्पुर्ण  तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

म्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ’एनएसके’, सहिमा श्रेष्ठ, नविन पौडेल जापान आउँदैछन् । साथै हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलाल को समेत विशेष प्रस्तुती रहनेछ । कलाकारहरु प्रस्तुतकिा लागि जापान प्रस्थान गर्दैछन् ।

कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रा.लिले अनुरोध गरेको छ । कार्यक्रमको जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्रबहादुर राजभण्डारीले उद्घाटन गर्नेछन् ।

म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए । मिडिया म्यासेज प्रालिद्वारा सञ्चालीत नेपाल सन्देश डटकम जापानमा रहेका नेपालहिरुका बीचमा लोकप्रिय रहेको छ ।

प्रकाशितः २०७३ वैशाख १७

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १०:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...