काठमाडौं । केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज नौ दशमलव ३५ अंकले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ ।
आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहको शेयर सामान्य बढेको छ ।
आज सबैभन्दा धेरै जीवन बीमा समूहको शेयर २ सय १२ अंकले बढेको छ । आज एक अर्ब तीन करोड रुपैयाँ बराबरका २८ लाख ६ हजार कित्ता शेयर किनबेच भए ।
आज सूर्योदय जन उत्थान लघुवित्तका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका शेयरधनीले १० प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
वि.सं.२०७७ असार २१ आइतवार १५:५६ मा प्रकाशित