back
NMB ad

काठमाडौंको गोंगबुबाट नेपाली ‘पोर्न’ भिडियो धमाधम अपलोड !

Kumari bank ad

काठमाडौं । नेपालमा पोर्न साइटहरु कानुनी रुपमा बन्द भए पनि प्राविधिक रुपमा पूर्ण बन्द हुन सकेको छैन। पोर्न साइट दर्ता गर्न नेपालमा प्रतिबन्ध रहेको अवस्थामा नेपालीले चलाएको साइटमा पोर्न भिडियो अपलोड हुँदै आएको पाइएको छ ।

गत साता चितवनकी १७ वर्षीय किशोरीले जब आफ्नै भिडियो पोर्न साइटमा देखिन्। उनी छाँगाबाट खसेजस्तै भइन्। आफ्नो यस्तो भिडियो कसरी पुग्यो त्यो साइटमा ? अपलोड कसरी भयो ?

ती किशोरी अत्तालिँदै प्रहरीको साइवर ब्युरोमा पुगिन्। पोर्न साइट दर्ता गर्न पनि प्रतिबन्ध भएको देशबाट यस्तो भिडियो कसरी अपलोड भयो ? प्रहरी पनि छक्क परे। ती किशोरीको जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दै गयो, साइट दर्ता अमेरिकामा तर सञ्चालन भने नेपालबाटै भएको पाइयो।

ती किशोरीसँग सोधपुछ, र साइबर ब्युरोको प्राविधिक अनुसन्धानपछि खुल्यो, साइट नेपालबाटै सञ्चालन भइरहेको छ। जाहेरी परेको एक सातापछि गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै काठमाडौंको गोंगबुबाट पोर्न साइट चलिरहेको प्रहरीले पत्ता लगायो।

अनुसन्धानका क्रममा श्रेष्ठले अमेरिकामा डोमेन दर्ता गरेर नेपालबाटै भिडियोहरु अपलोड गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभयो । उनले भने , ‘साइटमा धेरै भिडियोहरु अपलोड छन्, केही सक्कली, कोही कपि गरेका भिडियोहरू अपलोड गरेको देखिन्छ, थप अनुसन्धान गर्दैछौं।’

‘साइटमा अपलोड भएका पोर्न भिडियोहरु धेरैजसो नेपाली नै छन्’। श्रेष्ठ पक्राउ परेसँगै थप प्रमाणहरू खुल्दै जाने एसएसपी अर्यालले बताए।श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

वि.सं.२०७७ असार ३० मंगलवार ०८:३१ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...