back
NMB ad

बेलायती र भारतीय गोरखा सैनिकले नेपालमा भत्ता नपाउने !

Kumari bank ad

लण्डन । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ ।

यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् । नेपाल सरकारको गृह मन्त्रिस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको छ ।

नेपाल सरकारको सो निर्णयबाट बेलायती, भारतीय, सिंगापुर प्रहरीबाट अवकाश पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धा प्रभावित हुनेछन्। उनीहरुले नेपाल सरकारले दिने वृद्धभत्ता लगायतका अन्य सामाजिक सुरक्षा भत्ता नपाउने भएका हुन्। गेसोको विरोध सरकारको यस निर्णयको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कडा विरोध गरेको छ ।

उसले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको त्यस निर्णय गैरकानुनी र संविधानको मर्मविपरीत रहेको जनाएको छ। सरकारको निर्णय भूतपूर्व सैनिकहरुलाई नै लक्षित गरी आएको आरोप गेसोका सभापति कृष्णकुमार राईले लगाएका छन् ।
यस निर्णयबाट बेलायती, भारतीय र सिंगापुर प्रहरीबाट अवकाशप्राप्त लाखौं भूतपूर्व सैनिक र उनीहरुका परिवार प्रभावित हुने राईले बताए ।

सरकारको निर्णयले ‘नेपालको संविधानले ग्यारेन्टी गरेको मौलिक हकको सम्मानपूर्वक बिनाभेदभाव बाँच्न पाउने अधिकार, समानताको हक, जेष्ठ नागरिकको हक, सामाजिक न्यायको हक तथा सामाजिक सुरक्षाको हक लगायत अन्य थुप्रै हकहरुलाई कुण्ठित गरेको छ’, गेसोले भनेको छ।

साथै उक्त निर्णय ‘नेपालको संविधान, अन्तर्राष्ट्रिय कानुन, नेपालको विद्यमान कानुन तथा मानवअधिकारको मर्म तथा भावनाविपरीत भएको राईले बताए। उनले सम्पूर्ण भूतपूर्व सैनिक तथा सैनिकसँग आश्रित परिवार लगायत जेष्ठ नागरिकको भावनामा ठेस पु¥याई संविधानप्रदत्त हकमाथि आघात पुगेको पनि गेसोले जनाएको छ। गेसोले सरकारको त्यस निर्णय फिर्ता लिन ध्यानाकर्षण गराउँदै फिर्ता नलिइएमा कानुनी उपचार खोज्‍ने पनि चेतावनी दिएको छ। -थाहा खबरबाट

वि.सं.२०७७ असार ३१ बुधवार १७:३५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...