back
NMB ad

मृतक परिवारका सबै सदस्यमा कोरोना पुष्टि

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय एक पुरुषको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको परिवारका ५ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुुनीयालाल यादवले जानकारी दिए। उनका अनुसार मृतक परिवारका पाँचै जनालाई कोरोना पोजेटिभ भएपछि उनको घरलाई नै आइसोलेसन सेन्टर बनाइएको छ।

घरको एउटा भागलाई सेनिटाइज गरेर लक गरिएको छ, भने अर्को भागमा पाँचै जना सदस्य बसेका छन। उनको घर नजीकै राजविराजको अस्थायी कोरोना अस्पताल रहेको छ। ‘कोरोना संक्रमित व्यक्तिलाई अपनाउनुपर्ने सावधानी, सरसफाई, सुरक्षालगायतका विषय जानकारी गराएका छौं,’ डाक्टर यादवले भने, ‘घरमै भएपनि उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन्। घरमा केही सामग्रीको आवश्यकता परेमा सुरक्षाकर्मीमार्फत व्यवस्था गरिन्छ।’

स्वासप्रश्वासमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ७३ वर्षीय वृद्धाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनको गत शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्य सहित २३ जना स्थानीयको स्वाब संकलन गरेर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा परिवारका सबैमा कोरोना संक्रमण पुष्टि भएको थियो।

मृतकको पसल समेत रहेकाले त्यहाँ काम गर्ने र आवतजावत गर्ने १७ जनाको पनि परीक्षण गरिएको छ। तीमध्ये एकजनाको नतिजा नेगेटिभ आएको र बाँकीको भने नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०९:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...