back
NMB ad

एडीबीसँग करिब ६ अर्ब सहयोग माग्‍ने

Kumari bank ad

काठमाडौं । वर्षायाममा बढ्दो बाढीको जोखिम व्यवस्थापनका लागि खर्च जुटाउन सरकारले एशियाली विकास बैंकसँग सहयोग माग्ने भएको छ। बाढी जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन एडीबीसँग सहयोग माग्न लागिएको हो।

अर्थ मन्त्रालयका अनुसार बाढी नियन्त्रणसँग सम्बन्धित पूर्वाधार निर्माण र पूर्वाअनुमान क्षमता विकासका लागि स्रोत दबाबमा परेपछि एडीबीसँग सहयोगका लागि वार्ता थालिएको छ।

गत शुक्रबार एशियाली विकास बैंकसँग ५० मिलियन अमेरिकी डलर (५ अर्ब ९६ करोड रुपैयाँ)बराबरको ऋण तथा अनुदान सहायता प्राप्त गर्न अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो।

मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको यो प्रस्ताव स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। असार २९ मा एडीबीले सहायताका लागि वार्ता प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।

पश्चिम राप्ती, मावा-रतुवा, लखन्देही, मोहना-खुटिया, पूर्वी राप्ती र वक्राहा नदी बेसिनलाई प्राथमिकतामा राखिएको छ। ती क्षेत्रमा बाढी नियन्त्रणसँग सम्बन्धित पूर्वाधारको निर्माण, बाढी पूर्वानुमान तथा प्रतिकार्य प्रणालीको क्षमता विस्तार गर्ने उल्लेख छ। राष्ट्रिय जल योजना २००२-२०२७ ले लिएको लक्ष्य प्राप्तिमा समेत यसले सहयोग पु¥याउने अर्थले बताएको छ।

एडीबीले दिने सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ८ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको रहने गरी प्रस्ताव गर्ने अर्थ मन्त्रालयको तयारी छ। प्रस्तावित ऋणको ब्याजदर ग्रेस अवधिको लागि १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत रहने भनिएको छ।अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ साउन १५ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...