back
NMB ad

प्रेमीका भेट्न सिड्नी पुगेका नेपाली युवाले प्रेमीकाकी साथीलाई रक्सी खुवाएर बलात्कार

Kumari bank ad

एजेन्सी । प्रेमीका भेट्न अस्ट्रेलियाको सिड्नी पुगेका एक नेपाली युवाले आफ्नै प्रमीकाको साथिलाई बलात्कार गरेका छन् । प्रमीकाकी रुम पार्टनर १९ वर्षकी युवतीलाई ३६ वर्षका बलराम शिवले रक्सी खुवाएर बलात्कार गरेको आरोप लागेको छ ।

शिवमाथिको अभियोग अदालतमा सुनुवाइ सुरु भएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

अमेरिकामा बस्दै आएका शिव घटनाको एक हप्ता अघि प्रेमीकासँग सिड्नीमा बस्दै आएका थिए । घटना २०१७ जून १३ मा भएको थियो । सोमबारको सुनुवाईमा पहिले रेकर्ड गरिएको बयान देखाइएको थियो जसमा पीडित युवतीले आफूले शिवकी प्रमीकालाई उनको स्वागत गर्नका लागि सहयोग गरेको बताएकी छन् ।

पीडित पक्षका वकिल लुई क्रिस्टफले अदालतमा सुनुवाइका क्रममा बताए अनुसार बलरामकी प्रमीका घटनाको दिन पढ्नको लागि अर्को साथीकहाँ बसेकी थिइन् । प्रेमीका नभएको मौकामा शिवले पीडित युवती र अर्की एक साथीलाई आफूसँगै मदिरा पिउन आग्रह गरेका थिए ।

दुवै युवतीले उनको आग्रह स्वीकार गर्दै मदिरा पिउन थाले । मदिरा सिद्धिएपछि शिवले अर्को बोतल किनेर ल्याउन ट्याक्सी बोलाउन प्रस्ताव गरे । यसमा मदिराले मातिसकेका दुवै युवतीले सहमति जनाए ।

त्यसको केही समयमा मदिराले मातेकी पीडित युवती बाथरुम गएको बेला शिवले करणी गरे । अर्की युवती भने मातेर बेहोस भइसकेको पिडित युवतीका वकिलले जनाएका छन् ।

शिवका वकिल क्रिस्टोफर वाटसनले भने उनीहरुबीच सहमतिमै यौन सम्पर्क भएको बताएका छन् । ‘त्यहाँ जबरजस्ती केही पनि भएको थिएन, उनले उजुरीकर्तालाई केही पनि गर्न बाध्य पारेका थिएनन्’ वाटसनले भने ‘उजुरीकर्ताको स्वेच्छाले यौन सम्पर्क धउको थियो ।’ प्रोसिक्युटर क्रिस्टोफले भने पीडित युवति मातेको अवस्थामा भएकाले स्वेच्छाले यौनकार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे ।आल उनीहरुको मुद्दामा सुनुवाइ भइरहेको जनाइएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार २१:४९ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...