back
NMB ad

भदौ १ गतेदेखि उडान भर्न अन्तर्राष्ट्रिय विमानस्थल तयार

Kumari bank ad

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण करीब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् ।

सरकारले उडान शुरू गर्ने घोषणा गरेलगत्तै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी शुरू गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताए ।

नियमित उडान शुरू भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महत्त्वपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ ।

‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक ४ वटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ,’ उनले भने ।अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करीब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उनले स्पष्ट पारे ।

आन्तरिक विमानस्थलको टर्मिनलमा १ घण्टामा बढीमा ३०० यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ साउन २१ बुधवार ०७:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...