काठमाडौं । नेपाली बजारमा केही दिनदेखि लगातार बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ । साताको पहिलो कारोबारका दिन प्रतितोला ९ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज आइतबार सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ घटेर आज सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँका कारोबार भइरहेको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १०:३७ मा प्रकाशित