back
NMB ad

किसानलाई कृषि मेशिन वितरण

Kumari bank ad

मकवानपुर । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ ।

मनहरि वडा नम्बर ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान काट्ने मेशिन , स्प्रे मेशिन ५० र धान झार्ने मेशिन एक थान वितरण गरिएको छ ।

गाउँपालिकाको ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत करिब दुई हजार १०० किसान परिवारका लागि औजार उपलब्ध गराइएको हो ।

गाउँपालिका र वाग्मती प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदानमार्फत कृषि मेशिन वितरण भएको जनाउँदै उपलब्ध गराइएको मेशिन किसानले सहकारीमा सम्पर्क गरी प्रयोग गर्न पाउने गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

वि.सं.२०७७ साउन २५ आइतवार १०:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...