काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । उक्त कम्पनीले साबिक विरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीले विभिन्न आर्थिक वर्षमा घोषणा गरेको लाभांश रकम लिन भनेको हो ।
हालसम्म पनि लाभांश लिन नआएका शेयरधनीले सूचना जारी गरेको ३० दिन भित्र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालयमा डिल्लीबजारमा आई लाभांश बुझ्न सूचनामा भनिएको छ ।
उक्त समयभित्र नआएमा प्रचलित कानून बमोजिम उल्लेखित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने पनि उक्त कम्पनीले बताएको छ ।
वि.सं.२०७७ साउन २८ बुधवार १३:०९ मा प्रकाशित