back
NMB ad

रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छ : मन्त्री फुयाँल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताउनुभएको छ ।

‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्किएका मन्त्री फुयालले २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने गरी काम गरिने बताउनुभयो ।

मन्त्री फुयाँलले नयाँवर्षका अवसरमा वैशाख १ गते रुवीभ्यालीमा विशेष पर्यटन उत्सव मनाइनेसमेत जानकारी दिनुभयो । ‘वैशाख १ गते मोटर चढेर रुवीभ्याली जाऔँ र नयाँ वर्ष मनाऔँ’ भन्ने नारासमेत तय भएको जनाइएको छ।

रुवीभ्याली मानव विकास सूचकाङ्कमा बागमती प्रदेशको सबैभन्दा पछाडि रहेको र हालसम्म सडकले समेत नजोडिएको क्षेत्र भए पनि पर्यटन तथा प्राकृतिक सम्पदाले धनी रहेको मन्त्री फुयाँलले बताउनुभयो । रुवीभ्यालीमा मोटर पुगेपछि मोटरबाटै हिमशिखरको दृश्यावलोकन गर्न सकिने उहाँकोो भनाइ थियो।

बाह्र महिना हिउँ पर्ने स्थानमा पनि सहज ढंगबाट मोटर लान सकिने भूबनोटको फाइदा लिएर रुवीभ्यालीले विकासमा र समृद्धिमा फड्को मार्न सक्ने उहाँले बताउनुभयो । यसै वर्ष काम सक्नेगरी रुवीभ्याली जोड्ने सडकमा पर्ने चार खोलामध्ये दुईमा सङ्घीय र दुईमा प्रदेश सरकारले पुल बनाउने जनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला समन्वय समिति धादिङ, रुवीभ्याली गाउँपालिका तथा धादिङमा रहेका राजनीतिक दल, बुद्धिजीवी, पर्यटन व्यवसायी, नागरिक समाज र विज्ञसहितको उपस्थितिमा सो अन्तरक्रिया गरिएको थियो।

वि.सं.२०७७ साउन २९ बिहीवार १८:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...