back
NMB ad

कर्मचारीलाई कोरोना संक्रमण देखिए तलबसहितको अतिरिक्त बिदा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा प्रवाहका क्रममा हुन सक्ने कोरोना संक्रमणको जोखिमको सन्दर्भमा थप कसिलो नीति लिएको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका कर्मचारीले सेवा प्रदान गर्ने क्रममा कोरोना संक्रमण भएको खण्डमा तलबसहितको अतिरिक्त विदा दिई सम्पूर्ण उपचार खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको हो ।

आइसोलेसनमा बसेका कर्मचारीलाई आइसोलेसनमा समय अवधिमा तलबसहितको अतिरिक्त विदाको व्यवस्था गर्ने तथा क्वारेन्टाइनमा बसेका कर्मचारीलाई क्वारेन्टाइमा रहने समय अवधिमा वर्क फ्रम होमको व्यवस्था गर्न समेत केन्द्रीय बैंकले बिहीबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बैंक वित्तीय संस्थाका कर्मचारीलाई उच्च सर्तकता र पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा अइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्थ गर्न निर्देशन दिएको छ ।

उपचारका क्रममा लाग्ने खर्च खर्च बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले आइसोलेसन वा क्वारेन्टाइनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेस्टको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

नियमित कार्यक्षेत्र भन्दा बाहिर खटिएका कर्मचारी संस्थामा फर्कँदा पीसीआर टेस्ट गराइ नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्नु बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारीको हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होमको समेत व्यवस्था गर्न केन्द्रीय बैंकले भनेका छ । कोभिड १९ को संक्रमणको सक्रिय संक्रमित संख्या २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुले बढीमा ५० प्रतिशत कर्मचारी मात्र कार्यालयमा अलोपालो कार्य सम्पादन गर्ने र बाँकी कर्मचारीलाई घरबाटै सम्पादन गर्न सकिने गरी वर्क फ्रम होम तथा सहज कार्य गर्ने मोडको ढाँचाको व्यवस्था गर्नु पर्ने भएको छ ।

बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीलाई आवश्यक पर्ने स्वस्थ सामग्री सुरक्षा प्रवन्धको अनिवार्य व्यवस्था गरी कार्यस्थलको सुरक्षामा कुनै कमी नरहने व्यवस्था गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरस सम्बन्धी समस्याको सहजिकरण र सम्पर्कको लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समुह गठन गरेर काम गर्न समेत केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

समुदायमा कोरोनाको संक्रमण फैलिइ महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थितलाई आंकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताका लागि विस्तृत कार्ययोजनासहितको कन्टिङजेन्सी प्यान तयार गर्ने समेत केन्द्रीय बैंकले भनेको छ ।

बैंकले दिएको निर्देशनअनुसार काम गर्ने सन्दर्भमा भएका निर्णयहरुको जानकारी शुक्रबारसम्ममा राष्ट्र बैंकमा दिनु पर्ने व्यवस्था उल्लेख केन्द्रीय बैंकले गरेको कारोबार दैनिकले समाचार छापेको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार ०७:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...