काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ संक्रमितको उपचार प्रभावकारी बनाउन जोड दिँदै १० हजार भेन्टिलेटर र आईसीयू शय्या व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
कोरोनाका कारण अन्य बिरामीको उपचारमा बाधा नपुर्याउन पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । अस्पतालहरूले कोभिड–१९ लाई देखाएर अन्य बिरामीको उपचार नगर्दा नागरिकको ज्यान जान थालेको निष्कर्ष समितिको छ ।
समितिले अस्पतालमा आवश्यक प्राविधिक जनशक्ति, संसाधन र औषधिको व्यवस्था गर्न पनि निर्देशन दिएको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले खबर लेखेका छन् ।
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:०५ मा प्रकाशित