back
NMB ad

यसकारण राजधानीमा आगामी साताबाट कोरोना संक्रमण घट्ने, यसो भन्छन् विज्ञहरु !

Kumari bank ad

काठमाडौँ । देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन ।

काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ । निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताए ।

उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी (२१६ जना) मा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए ।

निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेको पनि । ‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।’

हाल काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाडले कोरोना संक्रमण विस्तारमा सहयोग पुगेको विज्ञहरू बताउँछन ।

‘निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘उपत्यकामा भने निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिनेछ ।’ उनका अनुसार निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...