back
NMB ad

बढ्यो राष्ट्रिय क्रिकेट खेलाडीको तलब, कति वृद्धि ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २०१९ का लागि खेलाडीहरुले यसअघि पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढाएर दिन गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

प्याुकरेलले भने, ‘हामीले खेलाडीको ३ वटै ग्रेडका खेलाडीको जनही १० हजार रुपैयाँ बढाएर दिन प्रस्ताव गरेका थियौँ जुन आईसीसीले स्वीकृत गरेको छ। कुन ग्रेडमा कुन खेलाडी छन् भनेर आईसीसीले तोकेपछि मात्र सार्वजनिक गर्नेछौँ।’

अब ए ग्रेडमा हुने खेलाडीले ४५ हजार, बी ग्रेडका खेलाडीले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। खेलाडीको तलब सम्भवतः यो हप्ता नै तलब आउनेछ ।

यसअघि ए ग्रेडका खेलाडीले ३५, बी ग्रेडका खेलाडीले २५ र सी ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पाउँदै आएका थिए। २०१९ देखि खेलाडीले तलब पाउनसकेका छैनन्।

सन् २०१९ मा तीनवटा ग्रेडमा कुन–कुन खेलाडी छन् भनेर अहिले नै थाहा नहुने प्याकुरेलले बताए। ए र बी ग्रेडमा ८/८ जना र सी ग्रेडमा ६ जना खेलाडी हुनेछन्।

वि.सं.२०७७ भदौ ७ आइतवार १३:५८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...