back
NMB ad

जाने हैन त नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर !

Kumari bank ad

म्याग्दी । जिल्लाको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको रु ४० लाखको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग सञ्चालनमा ल्याइएको हो ।

चार वर्षको अवधिमा प्रत्येक वर्ष रु १० लाख बजेटबाट नारच्याङ हुँदै आधार शिविरसम्मको पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । नारच्याङ गाउँदेखि छेलुङ जङ्गल हुँदै नीलगिरि खोलाको किनारैकिनार व्यवस्थित पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो ।

‘‘यसअघि अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने पर्यटक हेलिकप्टरमार्फत आउने गरेका थिए, अब नारच्याङ हुँदै पदमार्गमार्फतसमेत सजिलै पर्यटक र आरोहीहरु आधार शिविर पुग्न सक्छन्” – अध्यक्ष गुरुङले भन्नुभयो ।

नेपाली पर्यटकलाई एक दिन र विदेशी पर्यटकलाई दुई दिन लाग्ने यो पदमार्ग हुँदै आधार शिविर पुग्ने पर्यटकलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि सेल्टरसहित क्याम्पिङ साइटलगायतका थप पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।

सहज पदमार्ग नहुँदा यसअघि आरोही र पर्यटक हेलिकप्टर चार्टर र मुस्ताङको कुञ्जो गाविस हुँदै घुमाउरो बाटो हुँदै आधार शिविर पुग्ने गरेका थिए । पदमार्ग सञ्चालनमा आएसँगै नारच्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव हुमबहादुर पुनले बताउनुभयो ।

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १५:५७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...