काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको शेयर ‘एनआरएन’ संकेतबाट शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले आइपीओको बाँडफाँट साउन २७ गते गरेको थियो ।
आईपीओ बाँडफाँट गरेको १२ औं दिनमा कम्पनीले शेयरधनीको डिम्याट खातामा शेयर पठाएको हो । उक्त कम्पनीको आईपीओमा ४ लाख १७ हजार ९५८ जनाबाट रू. १ अर्ब ५३ करोड बराबरको आवेदन परेको थियो ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १३:१० मा प्रकाशित