back
NMB ad

भदौ १६ देखि कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने !

Kumari bank ad

काठमाडौं । सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ ।कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट भर्ना प्रकृया थाल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन् ।

विद्यार्थीमा भर्नाबारे अन्योलता छाएको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रुपले लागि परेको पनि उनले बताए। उनले भने,‘अहिले कोरोना महामारी छ। संक्रमण कम हुँदै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना थालिन्छ।

छिट्टै विद्यार्थीको अन्योलता चिर्ने हाम्रो लक्ष्य छ।’ एसइई परीक्षाको नतिजा प्रकाशित भएपछि विद्यार्थी कहिलेबाट भर्ना खुल्छ भन्दै अन्योलताका बीच बसेका छन।

विगतको वर्षहरुमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकोले यसको हिसाबले यस पटक खासै क्षति नभएको मन्त्रालयको दाबी छ। नयाँ पाठ्यक्रमसँगै कक्षा ११ को भर्ना नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ को भर्नामा नयाँ व्यवस्था लागु भएको छ ।

विगतको झैँ भर्ना प्रकृया यस पटक हुने छैन। ‘विद्यालयले कक्षा ११ मा विद्यार्थीलाई भर्ना गराउँदा मानविकी, शिक्षा शास्त्र लगायत संकायका आधारमा भर्ना लिन पाइने छैन,’प्रवक्ता शर्माले भने,‘अब भर्ना हुँदा विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्नेछ।

कुनै पनि संकायको आधारमा त्यसलाई मान्यता दिइने छैन।’ उनका अनुसार नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ। विद्यार्थीले सातौँ विषयको रुपमा पनि अध्ययन गर्न पाउँछन तर, उनीहरुले चाहेको खण्डमा मात्रै लागु हुने छ।

अब कक्षा ११ पनि विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया पनि कक्षा ९ र १० को जस्तै गरी हुने उनको भनाई छ । यसअघि कक्षा ११ र १२ को विद्यार्थी भर्ना गर्दा र प्रमाणपत्र जारी गर्दा संकायको आधारमा गरिएको थियो।-थाहा खबरबाट

वि.सं.२०७७ भदौ १० बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...