back
NMB ad

अब १२ मिनेटभित्र आउनेछ कोरोना परीक्षणको नतिजा

Kumari bank ad

एजेन्सी । स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ ।

यसका लागि सरकारले ३०० ¥यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो कारखानाा विशेष परीक्षण स्ट्रिप बनाउनेछ ।

यो कोरोना परीक्षणमा प्रयोग हुने मेसिन निकै सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ र सानो क्लिनिक र मोबाइल अस्पतालमा प्रयोग गर्न सकिन्छ ।

कोभिड–१९ रोग फैलाउन जिम्मेवार SARS-CoV-2  भाइरसको परीक्षणको मान्यता अमरिकी फेडलर ड्रग एडमिनिस्ट्रेशनले निश्चित गर्छ र हाल स्कटल्याण्ड र युरोपका लागि यो अन्तिम चरणमा छ ।

स्कटल्याण्ड सरकारमा मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ त्यस अनुरुप हाम्रो स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिनेछ । भाइरसविरुद्धको युद्धमा यो महत्वपूर्ण छ ।’

‘यने टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइसमा विशेष प्रकारको स्ट्रिपको प्रयोग हुनेछ जुन स्कटल्याण्डमा नै बन्नेछ । यसले यहाँ मानिसहरुका लागि रोजगारको मौका बन्नेछ र यसका साथै हाम्रो उद्योग पनि बलियो हुनेछ ।

यो परीक्षणमा नाकबाट लिइएको स्वाबको परीक्षण कोभिड–१९ एन्टिजन प्रोटिनका लागि गरिनेछ । परीक्षण्को नतिजा १२ मिनेटमा नै आउनेछ ।

अन्य ¥यापिड एन्टीजनको तुलनामा यसको नतिजा चाँडै आउने अनुमान गरिएको छ । यो टेस्टिङ डिभाइस क्लाउन्ड सिस्टमसँग जोडिएको हुनेछ ताकि स्वास्थ्य अधिकारी भाइरसको विस्तारबारे चाँडै नै जानकारी प्राप्त गर्न सक्नेछन् ।

लुमिराडिएक्सका मुख्य कार्यकारी रान ज्वानगिजगरले भने, ‘यसको नतिजा छिटो मात्र हुने छैन यसको नतिजा पनि सटिक हुनेछ र यसको आधारमा बिरामीको उपचार चाँडै नै हुन सक्नेछ ।’

स्रोतः बीबीसी

वि.सं.२०७७ भदौ ११ बिहीवार ०७:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...