काठमाडौं । समाज लघुवित्तको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) सोमबार बाँडफाँट हुने भएको छ । शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको छ ।
कम्पनिले प्री अलोटमेन्ट भने शुक्रबार गरेको र आगामी सोमबार बाँडफाँट गरिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले बताए ।
शुक्रबार नै करिब ६ लाख आवेदन परेको रिलायन्स लाइफ इन्योरेन्सको पनि आईपीओ बाँडफाँट भएकोले मेरो सेयरमा पर्ने सक्ने अधिक चापलाई मध्यनजर गर्दै बोर्डले कम्पनीको आइपीओ बाँडफाँटको अनुमति रोकेको हो । जसले गर्दा शुक्रबार बाँडफाँट गर्ने तयारी भएकोमा सोमबारलाई सरेको हो ।
कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । कम्पनीको आईपीओ शुक्रबार भएको प्रि(अलोटमेन्टमा ५ लाख ४७ हजार ३७० वटा आवेदन भेरीफाइ भएको छ ।
उक्त आवेदन मध्येबाट ८ हजार ७० आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट हुनेछ भने बाँकी रहेका ५ लाख ३९ हजार ३०० आवेदकले भने आईपीओ पाउने छैनन् ।-बाह्रखबरीबाट
वि.सं.२०७७ भदौ १२ शुक्रवार १७:५५ मा प्रकाशित