back
NMB ad

के आज तिर्ला त एनसेलले सरकारलाई २२ अर्ब कर ?

Kumari bank ad

काठमाण्डौं । सेयर खरिद बिक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको छ। विवरण र कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ।

कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको स्रोतले बतायो। ‘अहिलेसम्मको जानकारीमा एनसेलले १७ अर्ब रुपैयाँ रकम तथा त्यस बराबरको चेक एभरेष्ट बैंकमा सारेको छ, स्रोतले भन्यो।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो।

सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए।

यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आयविवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व छ। सार्वजनिक गरिएको कारोवारको आधारमा एनसेलले आइतबार कम्तिमा पनि २२ अर्ब रुपैयाँ राजस्व दाखिला गर्नुपर्छ।

यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन्।

१५ प्रतिशत टिडिएस बुझाएपछि एनसेलले लाभको दश प्रतिशत रकम बुझाउन थप तीन महिनाको अवधि पाउँछ। यो बेला सरकारले थप १५ अर्ब रुपैयाँ राजस्व पाउनेछ।

२६ बैशाख २०७३, ८.००

वि.सं.२०७३ वैशाख २६ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...