back
NMB ad

मन्त्रिमण्डल पुनर्गठन बारे यस्तो छ प्रधानमन्त्री ओलीको संकेत !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन आवश्यकता अनुसार गर्ने बताउनुभएकोछ । शनिबार साँझ एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो ।

मन्त्रिमण्डल पुनर्गठनबारे आफूले विचार गरिरहेको उहाँले बताउनुभयो । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उक्त अन्तवार्तामा भन्नुभएको छ–‘मन्त्रिमण्डलको गठन, पुनर्गठन आवश्यकताले गर्ने हो । त्यो म विचार गर्दैछु । मुख्य कुरा यो प्रधानमन्त्रीले विचार गर्ने कुरा हो । पुरानै साथीहरुको टिम लिएर अगाडि बढ्ने हो । त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पूर्ण हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा बढी गतिशिलताका साथ अगाडि जान सकिन्छ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो । म त्यसमा विचार गर्दैछु ।’ तर, प्रदेशका मुख्यमन्त्री भने फेरबदल नहुनेउ उहाँको दाबी छ । तत्काल मुख्यमन्त्री परिवर्तन गर्नु भनेको अस्थिरता निम्त्याउनु भएको ओलीको तर्क छ । साथै, ओलीले पार्टीभित्र केही समस्या रहे पनि पार्टी नफुट्ने समेत स्पष्ट पार्नुभएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १६:२४ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...