काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य तोलाको ९ सय रुपैँयाले बढेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला रू.९८ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९७ हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि सामान्य वृद्धि भएर प्रतितोला रू.१ हजार ३९५ मा कारोबार भइरहेको छ । विश्व भर कोरोना महामारीपछि सुनको मूल्यमा वृद्धि भइरहेको छ ।
वि.सं.२०७७ भदौ १६ मंगलवार ११:५३ मा प्रकाशित