back
NMB ad

५५ हजार पर्ने ल्यापटप २० हजारमै !

Kumari bank ad

काठमाडौँ । गुल्मी स्थायी घर भई हाल काठमाडौँको ताहाचल बस्ने सुदेश भुसालले एक वर्षअघि एउटा ल्यापटप २० हजार रुपैयाँमा किने । बजारमूल्य ५५ हजार भएको सो ल्यापटप त्यति सस्तो मूल्यमा दिने प्रस्ताव आउँदा सुरुमा उनले विश्वास गर्नै सकेनन् । तर विश्वासिलो व्यक्तिले भनेको र ती व्यक्ति आफैले यसअघि त्यही मूल्यमा किनेको बताएपछि उनलाई त्यसमा विश्वास गर्न कहर नै लाग्यो ।

नभन्दै उनले सोही मूल्यमा ल्यापटप किने । त्यसरी किनेको उनको त्यो ल्यापटपले अहिलेसम्म राम्रोसँग काम गरिरहेको छ । भुसाल भन्छन्, ‘१ वर्ष जति भयो, राम्रोसँग चलिरहेको छ, कुनै समस्या आएको छैन । त्यत्रो पैसा एकै पटक कहाँबाट जुटाउने भएको थियो, यसले धेरै राहत गर्याे, काम पनि टर्यो ।’

कुरा त्यतिमा मात्रै सकिँदैन । उनले २० हजारमा ल्यापटप किनेको र अझै राम्ररी चलिरहेको बताएपछि अर्का एकजना पनि लोभिए । सोही अनुसार आफूले ल्यापटप किनेको साथीमार्फत् ल्यापटप बिक्रेतासँग सम्पर्क गर्ने प्रयास गरे । तर उनको प्रयास सफल हुन सकेन । किनकि ती व्यक्ति प्रहरीको फन्दामा परिसकेका थिए । यो माघको घटना हो ।

झट्ट सुन्दा लाग्न सक्छ, ‘ल्यापटप बेच्ने त्यो मान्छे चोरी कार्यमा संलग्न छ र चोरी गर्दागर्दैै प्रहरीको फन्दामा पर्यो ।’ तर वास्तविकता त्यसो होइन । भुसाल भन्छन्, ‘किन्ने बेला मलाई पनि यो कतै चोरीको ल्यापटप त होइन भनेर शङ्का लागेको थियो तर इन्डियाबाट आउँदा किनेर ल्याएको र भन्सार तिर्न नपरेकाले सस्तो भएको भनेर मलाई भनिएको थियो । भारतमा ७० हजारमा पाइने मोटरसाइकल यहाँ अढाई लाख पर्छ भन्ने सुनेको थिएँ, यो पनि त्यस्तै त होला भन्ने नि भनेर किनेको हुँ । चोरीको भए त कसले किन्थ्यो र ?’

तर भन्सार महशुलकै कारण स्वदेशी बजारमा ल्यापटप वा अन्य इलेक्ट्रोनिक ग्याजेटको मूल्य महँगो भएको होइन । भारतमा इलेक्ट्रोनिक ग्याजेटको भन्सार महशुल १८.५ प्रतिशत छ । त्यसका अतिरिक्त २८ प्रतिशतको जीएसटी (वस्तु तथा सेवा कर÷सामान्य बिक्री कर) लाग्छ । यसो हुँदा भारतमा विदेशबाट आउले इलेक्ट्रोनिक सामानमा करिब ५२ प्रतिशत कर लाग्छ ।
यता नेपालमा इलेक्ट्रोनिक सामानहरुमा औसत १५ प्रतिशत भन्सार लाग्छ । भन्सारपछिको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) मात्रै लाग्छ । यसो हुँदा नेपाल भित्रिने सामानको मूल्य करिब ३० प्रतिशत मात्रै हुन आउँछ ।

त्यसैले भारतमा भन्दा नेपालमा सस्तोमा मोबाइल र अन्य इलेक्ट्रोनिक सामान आउनुपर्ने हो । तर वास्तविकता त्यसो छैन । भारतीय बजारबाट किनेर ल्याउने सामान नेपालमा आधा भन्दा सस्तोमा पाउने अवस्था अहिले पनि छ । (रातोपाटीबाट साभार)

वि.सं.२०७७ भदौ १८ बिहीवार १३:५१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...