back
NMB ad

एक साताका लागि बैंकिङ सेवा पूर्ण रुपमा बन्द रहने

Kumari bank ad

कर्णाली । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ ।

प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए ।

“सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ”, उनले भने, “कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।” शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ ।

यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीसहित चालक र कार्यालय सहयोगीमा पनि सङ्क्रमण देखिएको थियो । मन्त्रालयले बिहीबारदेखि अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द गर्नाका साथै मन्त्रालयका सबै कर्मचारी होम क्वारेन्टिनमा बसेका छन् ।

वि.सं.२०७७ भदौ २० शनिवार १४:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...